अति जरुरी सार्वजनिक सूचना:
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी असोज ९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले सम्भावित बाढी, डुबान र चट्याङको जोखिमबाट सुरक्षित रहन सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध छ। यस अवधिमा नदी, खोला तथा जलाशय आसपास अनावश्यक आवतजावत नगर्नु हुन, अत्यावश्यक कामबाहेक सवारी साधनहरूको प्रयोग गरी यात्रा नगर्नु हुन र गर्नैपरेमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै, धान बालीको कटानी तथा भित्र्याउने कार्य सम्भव भएसम्म स्थगित गरी मौसममा सुधार आएपछि मात्र गर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेरी आवश्यक पूर्वतयारी अपनाउनु हुन सम्पूर्ण कृषक तथा नगरवासीमा यो सूचना जारी गरिएको छ।