FAQs Complain Problems

हिंसा पिडित महिलाको लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ! !! !!!

मिति २०७५/१०/१६ गतेका दिन गौरीगंगा नगरपालिकाको न्यायिक समिती र उजुरी दर्ता गरिएका मध्ये हिंसा पिडित महिलाहरू बिच नगरपालिका स्तरिय एक दिने अन्तरक्रिया कार्यक्रम गौरीगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका उपप्रमुख एवम न्यायिक समिती संयोजक श्री अञ्चला चौधरी ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर कार्यपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत श्री अकबर चन्द, न्यायिक समिति सदस्य श्री गोमा भण्डारी, कार्यपालिका सदस्य मनमती देवी बुढा, सामाजिक विकास शाखाका स.म.वि.नि. जौकला सार्की, Equal Access  नेपालको सामुदायिक सहजकर्ता छमिका चौधरी, पारालिगल समितिका सुमन सिलाधरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पिडित महिलाहरुले भोगिरहेका पिडाहरु खोलेर राख्नु भएको थियो । कार्यक्रममा निम्न लिखित २ वटा निर्णयहरु गरिएको थियो ।

१. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको CTEVT मार्फत संचालन हुने सिप मुलक तालिममा जान इच्छुक हिंसा पिडित महिलालाई निशुल्क तालिम उपलब्ध गराउन न्यायिक समितिले पहल गरी सहभागीलाई काठमाडौँ  पठाउने ।

२. मिति २०७५/१०/२४ देखि फागुन ५ गते सम्म हुने गौरीगंगा सास्कृतिक महोत्सवमा २ वटा स्टल लिने र महिलालाई दुई समुहमा बिभाजन गरी खाजा नास्ताको पसल संचालन गर्ने र सो को लागी न्यायिक समितिले पहल गर्ने ।

निर्णय पश्चात उप प्रमुख द्वारा पिडाहरू लुकाएर नबस्नहुन र सो को लागि न्यायिक समिति सधै साथमा रहेको भन्दै औपचारिक कार्यक्रमको समापन भएको थियो , उक्त कार्यक्रमको संचालन एंवम संयोजन गौरीगंगा नगरपालिका अन्तर्गत सामाजिक बिकाश शाखाका स.म.वि.नि. एंवम न्यायिक समितिका सदस्य सचिब श्री लक्ष्मी पौडेलले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि