यस गौरीगङ्गा नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३।०६।०१
गतेको निर्णय बमोजिम यस नगरपालिका क्षेत्रभित्र रहेका सम्पुर्ण कृषकहरुलाई सहज र समान रुपमा अनुदानको
रासायनिक मल उपलब्ध गराउनका लागि वडा नं ०२, ०५, ०७ र ११ मा एक एक बिक्रेता थप गर्नुपर्ने भएकोले
अनुदानको रासायनिक मल बिकरि वितरण गर्न ईच्छुक वडा नं. ०२, ०५, ०७ र ११ भित्र रहेका कृषि
सहकारी/सहकारी/फर्महरुले यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र तपसिल बमोजिमका कागजात सहित
यस कार्यालयमा दर्ता/सूचीकरणका लागि आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिन्छ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
• सूचीकरण गरिदिने सम्बन्धमा निवेदन ।
• सहकारी संस्था सञ्चालक समितिको निर्णय।
• सहकारी संस्था दर्ता/नविकरणको प्रमाण पत्रको प्रतिलिपि।
· स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि।
• कर चुक्ता प्रमाणपत्रको प्रमाणपत्र।
• सम्बन्धित वडाको सिफारिस पत्र ।
• विगतका दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि।
नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधि लगायतका भौतिक पूर्वाधारको विवरण।
• व्यवसाय सञ्चालन हुने पसल वा गोदामघर भाडामा भए सोको सम्झौता पत्रको प्रतिलिपि।
· मल भण्डारणका लागि पर्याप्त ठाँउ भएको स्वघोषणा पत्र।
• विगत दुई वर्ष देखि कृषि उत्पादन समाग्रि वितरणमा संलग्न रहेको पूष्टयाई गर्ने कागजात।
• अनुभव, कार्यदक्षता, कार्याक्षमताको विवरण ।