गौरीगंगा नगर कार्यपालिकाको कार्यालय सामाजिक बिकाश शाखाको आजोजनामा ज्येष्ठ नागरिक सम्बन्धि सरोकारवालाहरुबीच १ दिने अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भयो । सो कार्यक्रममा सभाध्यक्षता नगर प्रमुख श्री भीम बहादुर देउवा ज्यूबाट भएको थियो र स्वागत मन्तब्य एवम् उदेश्य माथि प्रकास नगर उप – प्रमुख अञ्चला ज्यूबाट भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वीर वहादुर शाही, १ – ११ नं. का वडा उध्यक्षहरू, सम्पुर्ण कार्यपालिका सदस्य, ११ वटै वडाका छनौट भएका नगर ज्येष्ठ नागरिक प्रतिनिधि सहित करिव १०० जनाको उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा तदर्थ समितिका अध्यक्ष रामसिँह ठकुरीले नगरपालिकाका ज्येष्ठ नागरिकहरूको समस्या सहितको नगरपालिकाबाट गरिएका अपेक्षाका बिषयहरू राख्नुभएको थियो । जसमा ः
- ज्येष्ठ नागरिक परिचय पत्रको यातायात र उपचारमा ५०% छुट को राज्यको सुबिधा कार्यान्वयन नभएको ।
- प्रत्यक वडामा ज्येष्ठ नागरिक भवन हुनुपर्ने ।
- विकास निर्माणका काममा उपभोग्ता समितिमा ज्येष्ठ नागरिकको अनिबार्य सहभागिता गराउनु पर्ने ।
- लाइन लाग्न ज्येष्ठ नागरिक धेरै समय उभिन नसक्ने हुनाले महिला पुरष जस्तै तेस्रो जेष्ठ नागरिकको पनी लाइन हुन पर्ने र सा.सु. भत्ता टोलमै गएर दिनुपर्ने ।
- सिपमूलक तालिममा ज्येष्ठ नागरिक लाई सहभागी र प्रशिक्षकको रूपमा समाबेश गर्नु पर्ने ।
- योजना तर्जुमा गर्दा वडा स्तर र नगर स्तर वाट ज्येष्ठ नागरिक शिर्षकमा बजेट छुट्टाइयोस आदि ।
अन्तरक्रियाको खुल्ला सत्रमा टिकाराम तिमिल्सिना, कृष्ण ब. के.सि., नन्दकली आचार्य, धन ब आउजी आदि जेष्ठ नागरिकहरुले बोल्नु भएको थियो । त्यसै गरि सामाजिक बिकास शाखा प्रमुख पुनम रेग्मीले जेष्ठ नागरिक बाट उनीहरुको अनुभब र संस्कृति संस्कार सिक्नुपर्ने र राज्यले जागिरे छोराछोरीको तलब बाट उनीहरुका बुवा आमालाई १० % रकम निर्णय गरेको कुरा जानकारी गराउनु भयो ।
अन्त्यमा सभाध्यक्ष नगर प्रमुखले आफ्नो मन्तब्य सहित कार्यक्रमको औपचारिक समापन गर्नु भयो । तत पश्चात १७ सदस्यीय नगरपालिका स्तरिय तपशिल बमोजिम जेष्ठ नागरिक समन्वय समिति गठन भयो ।
अध्यक्षः राम सिँ ठकुरी
उपाध्यक्षः धन ब आउजी
सचिबः चन्द्र प्रसाद खनाल
सह सचिबः कृष्ण बहादुर के.सि
कोषाध्यक्षः नन्दकली आचार्य
सदस्यः भवानी प्रसाद लुइटेल
सदस्यः शेर बहादुर भण्डारी
सदस्यः पदम बहादुर साउँद
सदस्यः बिर बहादुर शाह
सदस्यः बिहारीलाल डगौरा थारु
सदस्यः भवानी प्रसाद सापकोटा
सदस्यः टिकाराम तिमिल्सिना
सदस्यः हरि राम चौधरी
सदस्यः दिलिप राज अम्मै
सदस्यः सुनी चौधरी
सदस्यः गंगाराम देवकोटा
सदस्यः टिकाराम कंडेल
कार्यक्रमको संचालन सामजिक बिकाश शाखाका कर्मचारी सहायक महिला बिकाश निरिक्षक लक्ष्मी पौडेलले गर्नु भएको थियो । ११ वटै वडाका समितिलाइ बैठक रजिष्टर समेत प्रदान गरिएको थियो । साथै नगर स्तर समितिलाइ बैठक संचालनमा आवश्यक सामाग्री जस्तै झोला, लेटर प्याड, छाप , White Papper , डट पेन लगायत सामाग्रीहरू समेत प्रदान गरियो ।