FAQs Complain Problems

देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न !!!

चाैमाला मंसिर २३ गते - जागरण नेपालकाे अायाेजना तथा गाैरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाकाे सयुक्त संयाेजनामा २०७५/०८/२३ गते गाैरीगंगा नगरपालिकाकाे सभाहलमा देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमका सभापती गाैरीगंगा न.पा.का नगर प्रमुख भिम ब. देउवा तथा प्रमुख अतिथी कैलारी गा.पा. का गा.पा. अध्यक्ष लाजुराम चाैधरी हुनु भयाे । कार्यक्रममा गाै.न.पा र कैलारीका प्रमुख प्रशासकिय अधिकृत र दुबै पालिकाका कार्यपालिका सदस्य तथा विभिन्न शाखाका कर्मचारीकाे उपस्थिति थियाे । साे कार्यक्रममा प्रस्तुतीकर्ता सुदुर पश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले देवानी कानुनका सामान्य सिद्धान्तहरू तथा देवानी मुद्धाकाे दर्ता र प्रतिवाद (मुद्धा सुनुवाई) सम्वन्धि कानुनी व्यवस्था वारे प्रकास पार्नु भयाे । प्रमुख अतिथि चाैधरीले विभिन्न एेन, कानुन संधिय सरकार र प्रदेश सरकार संग बाझिएकाले काम गर्न असहज भएकाे जिकिर गर्नुभयाे । कार्यक्रमकाे समापन गर्दै सभापती देउवाले जनप्रतिनिधिले कानुनका साथै समाजमा हुने अन्य बिषयमा सहजिकरण गर्नु पर्ने कुरा प्रस्टाउनुभयाे । निति, निर्देशन बनाउनमा जागरण नेपालकाे भुमिका प्रशंसानिय भएकाे र कानुा बनाएर मात्र नभई कार्यान्वयन पक्षमा समेत जाेड दिनुपर्ने वताउनु भयाे । आफ्ना हक, अधिकार कानुनमा के कति छन् भन्ने कुरा समाजकाे तल्लाे तहसम्ममा थाहा नभएकाे र साे कुरा समाजकाे तल्लाे तहसम्म प्रस्ट पारिनुपर्ने कुरा भन्नुभयाे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि